कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्लाको संखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ६, लखनपुरमा तीनदिनदेखि सम्पर्क विहिन भएका एक युवकको शव आइतबार फेला परेको छ ।
स्थानीय हरि ठाकुर हजामको २० बर्षीय छोरा शिवशंकर ठाकुर हजामको शव फेला परेको हो । शुक्रबार मर्नीङवालकमा निस्केका शिवशंकर सम्पर्क विहिन भएका थिए । घर परिवारको सम्पर्क विहिन भएका शिवशंकरको शव लखनपुर स्थित गण्डक नहरमा फेला परेको प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक जीवश कुमार शर्माले वताए ।
दिउसो नहरमा शव दखे पछि स्थानीयवासीहरु प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएको छ । घटना बारे अनुसन्धान भइरहेको र पोष्टर्माड पछि नै मात्र केही भन्न सकिने अवस्था रहेको पर्सा प्रहरीले बताएको छ ।











प्रतिक्रिया