नेता बास्तोलाको निधनमा भोलि सोमबार देशैभर पार्टी कार्यालय बन्द

0
Shares

नेपाल समाचारपत्र, काठमाडाैँ । 

नेता चक्रप्रसाद बास्तोलाको निधनमा भोलि सोमबार नेपाली काङ्ग्रेसले देशैभर पार्टी कार्यालय बन्द गर्ने भएको छ ।
बास्तोलाको निधनमा शोक व्यक्त गर्दै भोलि एक दिन देशभरकै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।

आज कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आकस्मिक रुपमा बसेको केन्द्रीय समितिको बैठकले कांग्रेसका सबै पार्टी कार्यालयमा तीन दिन पार्टीको झन्डा समेत झुकाउने निर्णय गरेको छ।

बाँस्तोलाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैँछ ।