नयाँ जिल्लाको पर्यटन प्रवद्र्धनका लागि महोत्सव हुने

0
Shares

धनवीर दाहाल, रुकुम पूर्व ।
नयाँ जिल्ला भएपछि रुकुम पुर्वमा पहिलो पटक पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । रुकुमपूर्व चेम्बर अफ कमर्सले जिल्लाको पर्यटन प्रवद्र्धन र प्रचार प्रसारका लागि महोत्सव गर्ने तयारी गरेको हो । आगामी मंसिर २० देखि पुस १ गते सम्म सिस्ने गाउ“पालिकाको रुकुमकोटमा महोत्सव हुने हुन लागेको रुकुमपूर्व चेम्बर अफ कमर्सले जनाएको छ । देशको ७७ औं तथा कान्छो जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र सा“स्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव गर्ने निर्णय भएको कमर्सका अध्यक्ष दिलिप थापाले बताउनुभयो ।

 

जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक भित्र्याएर त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु¥याउन लक्ष राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । महोत्सवमा जिल्ला भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव स्थलमा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिइने छ भने स्टलहरुमा पनि जिल्लाको पहिचान खुल्ने वस्तु राख्ने तयारी गरिएको छ ।

स्थानीय तयार गरेको कम्बलदेखि, स्थानीय खानाको समेत प्रवद्र्धन गर्ने गरी स्टल निर्माण गर्ने योजना आयोजक समितिले बनाएको छ । जिल्लाको पूर्वी क्षेत्रको मुख्य खाना ढिडो, टिमुरको अचार, आलु, गुन्द्रुक, सिन्की, हस्त निर्मित सामग्रहरु महोत्सवका स्टलमा राखिनेछ । स्टलमा राखिएका स्थानीय उत्पादनको प्रर्दशको साथै विक्री वितरण पनि गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

 

जिल्लाका चालाचलन, नाचगानलाई प्राथमिकताका साथ देखाइने र त्यसको प्रचार प्रसार गरी जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक बढाइने छ । मध्यपहाडी लोकमार्गको कारण जिल्ला आउन जान सजिलो भएकाले सकेसम्म धेरै जिल्ला बाहीरका सर्वसाधारणलाई महोत्सवमा ल्याउन प्रयास गरिने जनाइएको छ । छिमेकी जिल्लाहरु रुकुम पश्चिम, रोल्पा, बाग्लुङ, पोखरा, सल्यान, दाङ, जाजरकोट, काठमाण्डौं समेतबाट पर्यटकहरु आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ । जिल्लाको पहिचानको रुपमा रहेको कमल दह र सिस्ने हिमालको दृश्यावलोकन गर्न सकिने छ । आयोजक समितीले अव प्रचार प्रसारको कामलाई तिब्रता दिने बताएको छ ।