हेटौंडा ।
नेता चक्रप्रसाद बाँस्तोलाको निधनको शोकमा नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा शोकसभा गरेको छ ।
नेपाली कांग्रेसका नेता तथा २०४८ सालमा भारतका लागि नेपालका राजदुत, २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका बाँस्तोलाको निधनमा शोक व्यक्त गर्दै शोकसभा आयोजना गरिएको हो ।
पार्टी कार्यालयमा आयोजित शोकसभामा कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ, कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डीना उपाध्याय, जिल्ला सचिवहरु, नेता, कार्यकर्ता, विभिन्न भ्रातृ संघका सभापति तथा पदाधिकारीलगायतको उपस्थिति थियो ।
कांग्रेस नेता बाँस्तोलाको निधनमा शोक व्यक्त गर्दै तरुण दल मकवानपुरले चियापान कार्यक्रम स्थगित गरेको छ । नेपाली कांग्रेस मकवानपुरले आयोजना गर्ने तय भएका अन्य कार्यक्रम पनि स्थगित गरिएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बाँस्तोलाको निधनले ठूलो क्षति भएको बताउनुभयो ।











प्रतिक्रिया