दुर्घटना न्युनिकरण गर्न विना पासका सिट हटाउदै प्रहरी

0
Shares

किरन धामी, दार्चुला ।
प्रहरीले दार्चुलाको स्थानिय सडकहरुमा संचालनमा रहेका जिपहरुको पछाडीका सिटहरु हटाई रहेको छ । यातयात क्षेत्रको सिन्डिकेट हटेसंगै प्रहरीले यातायात कार्यालयबाट सिट पास नभएका जिपहरुका सिटहरु हटाउन थालेको हो । यातायात कार्यालयबाट ५ सिटको मात्रै पास बनाएका सवारी धनीहरुले जिपको पछाडी तर्फको समान बोक्ने ठाउँमा सिट जोडेर क्षमता भन्दा बढी यात्रु बोक्न थाले पछि प्रहरीले विना पासका सबै सिट हटाइरहेको छ । दार्चुला जिल्ला सदरमुकाम देखी दुहुँ गाउँपालिकाको सम्म संचालनमा रहेका ६ वटा जिपहरुको पछाडीका विना पासका सबै सिटहरु हटाइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला तिंकर सडक खण्ड अन्तर्गत संचालनमा रहेका जिपहरुले सागुरोबाटमा सिट क्षमता भन्दा बढी यात्रु बोक्न थाले पछि विना पासका सिटहरु हटाएको अस्थायी ट्राफिक पोष्ट दार्चुलाले जनाएको छ । सवारी धनिहरुले यातायात कार्यालयबाट ५ वटा सिटको मात्रै पास बनाउने तथा समान बोक्ने ठाउँमा कोचेर यात्रु बोक्न थाले पछि प्रहरीले दुर्घटना न्युनिकरण गर्न विना पासका सिट हटाइरहेको अस्थायी ट्राफिक पोष्ट दार्चुलाले जनाएको छ । दार्चुलाका स्थानिय सडकहरुमा संचालनमा रहेका जिपहरुले समान बोक्ने पछाडी तर्फको भागमा, छतमा यात्रुहरुलाई बोक्ने गरेका छन् ।

स्थानिय सडकहरु ग्रेड नमिलेका सागुरा तथा कच्ची भएका कारण जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने समस्यालाई न्युनिकरण गर्न जिपहरुका छत तथा विना पासका सिटहरु हटाउने कार्य जारी रहेको ट्रफिक प्रहरीले जनाएको छ । दार्चुला तिंकर सडकमा संचालनमा रहेको ६ वटा जिपहरुको विना पासका सिटहरु हटाएको तथा खलंगा दल्लेक सडक खण्डमा संचालनमा रहेका जिपहरुका विना पासका सिटहरु समेत हटाइने जनाइएको छ । विना पासका सिटहरुमा यात्रु गर्दा कारण बस जिप दुर्घटना भएर यात्रुको मृत्यु भए पछि मृतकले क्षतिपुर्ती नपाउने भन्दै यात्रुहरुलाई समेत विना पासका सिटमा बसेर यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ । यातायात क्षेत्रको सुधारका लागी विना पासका सिटहरु हटाउनुका साथै सवारी चालकहरुलाई जनचेतना मुलक सन्देशहरु प्रवाह गरिरहेको प्रहरीले जनाएको छ ।