काठमाडौं ।
मन्त्रीपपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मीले सांस्कृतिक रुपमा समृंद्ध, प्राकृतिक रुपमा भरिपूर्ण, वैचारिक रुपमा इमान्दार र प्रतिवद्ध रहे पनि हामी नेपालीले युग अनुकुल सन्तोषजनक विकास र प्रगति हासिल गर्न नसकेका कारण पछौटेपन र गरीबी हाम्रो नियति वनेको बताउनु भएको छ ।
‘विभिन्न राजनीतिक घटनाक्रमका आरोह अवरोह पार गर्दे संविधान सभावाट संविधान निर्माणका साथ आज दुई तिहाई वहुमतको सरकार कृयाशील रहेको अवस्थामा पुगिएको छ र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य अघि सारिएको सुखद पक्ष हामी सँग छ’ रेग्मीले भन्नुभयो– आज असल नियतका साथ देशको आवश्यकता अनुरुप श्रोत साधनको उचित व्यवस्थापन र त्यसको परिणाम मुखी प्राथमिकीकरण गर्दे अघि वढ्ने राजनीतिक इच्छाशक्ति आजको सरकार प्रतिको तीव्र जन अपेक्षा रहेको छ ।
दशैको शुभकामना दिदै मन्त्रीपरिषदका पुर्व अधयक्ष रेग्मीले यो ऐतिहासिक कार्यभारवाट प्रचण्ड वहुमतका साथ जन अनुमोदित वर्तमान सरकारलाई कुनै कीसिमवाट अलमलिने छुट पनि नभएको र अलमलिन पर्ने परिस्थिति पनि नभएको बताउनु भएको छ । ‘वस्तुतः इतिहासका विभिन्न घुम्तीहरुमा जे जस्तो वित्यो विती सक्यो । अहिले नगरे कहिले गर्ने ? अव पनि नभए कहिले हुने ?’ उहाले भन्नुभएको छ– सो आम जनसमुदायको अन्तर्मनको प्रतिध्वनि हो ।
राजनीतिक दलहरुले तोकिएको समय भन्दा दोब्बर समयमा पनि संविधानसभाबाट संविधान जारी गर्न नसकेको र दलिय नेतृत्वमा सरकार सञ्चालन गर्न समेत असफल भएको अवस्थामा मुलुकमा संविधान दोस्रो संविधानसभा निर्वाचन सफलतापुर्वक सम्पन्न गर्नुभएका रेग्मीले सवै प्रकारको निराशावाट आशा जगाउन अभाववाट समृद्धिको गन्तव्य कोर्नु वर्तमान सरकार सुशासन दिदै अघि वढोस् र सफलता प्राप्त गरोस् भन्ने जन चाहना र कामना पनि बताउनु भएको छ ।
मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मीले विविध विशेषतायुक्त नेपाली समाजमा विशेष चाडको रुपमा वहुसंख्यक नेपालीले मनाउदै आएको महान् पर्व विजयादशमीको सुखद अवसरमासमस्त नेपालीहरुका वीच सद्भाव र एकता कायम गर्दे समाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा दत्तचित्त भै लाग्न श्रीनवदुर्गा भवानीवाट सवैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना पनि गर्नुभएको छ ।











प्रतिक्रिया