हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दशैं र तिहारलाई लक्षित गरी बनाएको शुरक्षा योजनाअनुरुप सुरु विशेष चेकिङअनुसार शनिबार विहान करिब ११ बजे मकवानपुरको भीमफेदी गापा–२ स्थित प्रहरी चौकी भैंसेबाट प्रहरी निरीक्षक दिलीपकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय नागरिकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।
बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज ५५२३ नम्बर सुमोका यात्री भारतीय नागरिक वर्ष २० का वीरबल महतो र वर्ष २५ की रिनाकुमारी दासले बोकेको झोला खानतलासी गर्दा डाइजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र नुरफिन ५ सय ६२ एम्पुलसहित दुवैलाई नियन्त्रणमा लिइएको छ ।
साँझ करिब ७ बजे हेटौंडा–१, पिपल चौतारास्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रनानि मेघराज घिमिरेको कमाण्डमा रहेको चेकिङ टोलीले बीरगञ्जबाट हेटौंडा आउँदै गरेको बा. ८२ प ९८५९ नम्बर मोटरसाइकल चेक गर्दा चालक भारतको सीतामढी घर बताउने वर्ष ३९ का अनबर अन्सारीको साथबाट लागुऔषध नाइट्रोभेट १५ पिस, स्पाइकल २४ पिस, कोरेक्स ५ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
साँझ करिब ५ः३० बजे हेटौंडा–५, क्याम्पा डाँडामा वडा प्रहरी कार्यालयबाट खटिएको प्रसनि कुमार खतिवडा नेतृत्वको चेकिङ टोलीले शंकास्पद्रुपमा हिँडिरहेका रानीसेरा बस्ने वर्ष १८ का तीर्थ लामालाई ५ किलो गाँजासहित नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया