संरक्षण नगर्दा दिपायलमा बिद्युत उपकरण चोरी हुँदै

0
Shares

विमल विष्ट, डोटी ।
उचित संरक्षण तथा सम्र्बधन नगरिदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको समुहगाढ जलबिद्युत आयोजनामा महत्वपुर्ण समाग्रिहरु चोरी हुन थालेका छन् । २०३८ सालमा दिपायलको कुलपाते नजिक समुहगाढ खोलामा निर्माण गरिएको २ सय किलो वाट क्षमताको उक्त बिद्युत पावर हाउसमा २०६६ साल भदौ महिनामा आएको बाढीपहिरोले क्षती पु¥याएपछि उहिले सो पावर हाउस बेवारी अबस्थामा रहेको र बिद्युतका महत्वपुर्ण समाग्रि चोरी हुदैछ । बाढीपहिरोले पावर हाउसको पेनस्कटक पाईप तथा पावर हाउसमा क्षती पु¥याएपछि अहिले सम्म सो पावर हाउसको मर्मत कार्य नगरिदा र पावर हाउसमा पनि कर्मचारी नबस्दा सरसामानहरु दिनहु चोरीन थालेको स्थानियबासी बताउछन् ।

उता डोटी सानाजलबिद्युत कार्यालय दिपायल सव स्टेसनका प्रमुख भरत द्धारीयाले बाढीपहिरोले क्षती पु¥याएको सो पावरहाउस मर्मत गरेर बिद्युत सुचारु गर्नका लागि केन्द्र बाट टोलि समेत आएको र खर्चबढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताउनु भयो । उहाँले भन्नु भयो ‘सानो क्षमताको पावरहाउस रहेछ,मर्मत खर्चनै बढी आउने जस्तो देखिएकाले मर्मतको कार्य सुरु नगरेको आफुले जानकारी पाएको मात्रै हुँ,के गर्न सकिन्छ माथी लेखा पढि गरेका छौ,केही हुन्छ होला ।’ उक्त पावरहाउस पुःन निर्माण गरि सुचारु नगरिदा डोटीमा अहिले दिनमा करिब २ घण्टा लोडसेडिङ हुन थालेको छ । उक्त बिद्युत पावर हाउसमा खटिएका कर्मचारी तथा चौकीदारहरु पनि बाढीपहिरोले पावर हाउसमा क्षती पु¥याएपछि सबस्टेसनमा सारिएकाले अहिले सो कार्यालय सुनसान भएको डोटी सानाजलबिद्युत केन्द्रका प्रशासन फाँटका प्रमुख बलबहादुर बिकले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बाढीपहिरोले पावरहाउसमा बस्ने अवस्था रहेन कर्मचारीहरु सब स्टेसनमा सारेका हौ, बिद्युत समाग्रि चोरीदैछन् भन्ने थाहा पाएपछि ,अहिले एकजना सुरक्षाका लागि कर्मचारी खटाएका छौ ।’ उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरहरुले चोरेर बिक्रि गरिसकेको छ । कस्ले चोर्दै छ त ति उपकरण भन्ने बारेमा न बिद्युत कार्यालय लाई जानकारी छ न त नजिकैको सुरक्षाकर्मिलाई । धमाधम बिद्युतमा सामाग्रि चोरी हुदा समेत स्थानिय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानियबासीको छ । उता डोटी साना जलबिद्युतका सब स्टेसन द्धारीयाले बिद्युत उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरुपमा अध्यन तथा जानकारी लिने कार्य भईरहेको बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ ‘बिद्युतका सामाग्रि चोर्नेका बारेमा जानकारी लिदैछौ,पत्ता लाग्ने बित्तिकै कानुनी प्रसेसमा लाग्ने छौ ।’ लामो समय देखी बन्द रहेको उक्त पावर हाउसको मर्मत कार्य गरी चाडो बत्ति बालिदिन यहाँका स्थानियले बिद्युत कार्यालय संग माग समेत गरेका छन् ।