कांग्रेस नेता बास्तोलाको अपरान्ह अन्तेष्टि गरिने

0
Shares

काठमाडौं ।
कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपरान्ह अन्त्येष्टि गरिने भएको छ । उनको गएराति शनिबार खुमलटारस्थित आफ्नै निवासमा निधन भएको हो ।

बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकै निवासमा राखिएको र शव अपरान्ह साढे १ देखी ४ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।