काठमाडौं, (नेस)
उज्ज्वल तारा स्कुल काँडाघारीले बडादशैंको अवसरमा शनिबार दोस्रोपटक ‘दशैं रन फर गुड हेल्थ’ आयोजना गरेको छ। प्रतियोगिताको विभिन्न १७ विधामा गरी ५१ जनाले पदक जितेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि, हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेस च्वाइसको सहयोगमा आयोजित सो दौड प्रतियोगितामा १५ वर्षमाथिका विद्यार्थी, युवायुवती, अभिभावक, सुरक्षाकर्मीदेखि ४० वर्षमाथिका महिला र पुरुषसमेत गरेर ६ सय ५० जनाले भाग लिएका थिए।
१७ वटा विधामध्ये १५ देखि २० वर्ष उमेर समूहको पुरुषतर्फ प्रवीण बोहोरा, सागर श्रेष्ठ, सुमन न्यौपाने तथा ३ किमि महिलातर्फ श्रयस्का शिल्पकार, रेस्टिना सितिखु र प्रकृति सुवाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए। दौडको साथै महिला र पुरुषका लागि ५ किलोमिटर हिँड्ने प्रतियोगितासमेत समावेश गरिएको थियो।











प्रतिक्रिया