यौनका मामिलामा खेलकर्मी पनि

0
Shares

लन्डन, (एजेन्सी)
हालै क्रिस्टियानो रोनाल्डोमाथि यौन दुव्र्यवहारको आरोप लागेको चर्चा सेलाउन पाएको छैन यसक्रममा शृंखला बद्ध अरू आरोप पनि धमाधम आउन थालेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० का प्रमुख कार्यकारी अधिकारी ९सीईओ० राहुल जोहरीमाथि एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन्। महिला पत्रकार हरनिद्ध कौरले मि टु अभियानमा राहुल जौहरीले उनलाई जागिर दिने बहानामा अनुचित व्यवहार गरेको बताइन्। यस आरोपको अहिलेसम्म जौहरीले कुनै बयान दिएका छैनन्।

हरनिद्धले लेखेकी थिइन्– ‘जब राहुल डिस्कभरी च्यानलका अधिकारी थिए। तब मेरो भेट उनीसँग भएको थियो। उनले मलाई कफीका लागि बोलाएका थिए। मलाई उनको आग्रह अस्वीकार गर्न मुस्किल भएको थियो। यसपछि एकपटक उनले मलाई जागिरका लागि कुरा गर्न बोलाए र अभद्र व्यवहार गरेका थिए। यो घटना मैले कहिल्यै भुल्न सक्दिनँ। यसको जिम्मेवार म आफैं पनि भएँ।’

यही साता मात्रै पनि क्रिकेटरका दिग्गज दुई खेलाडी अर्जुन राणातुंगा र लासिथ मालिंगामाथि पनि यौन दुव्र्यवहार र दुष्कर्म गरेको आरोप लागेको छ। मि टु अभियानकै आधारमा श्रीलंकाका पूर्वकप्तान रणतुंगा र छिटो गतिका बलर मालिंगाले यौन शोषण गरेका बारे पीडित महिलाले खुलासा गरेका थिए। १९९६ को विश्वकप दौरान यौन उत्पीडनमा पर्ने पीडित महिलाले उल्लेख गरेकी थिइन्– ‘रणतुंगाले मेरो कमर समातेर विस्तारै हात मेरो बे्रस्टमा ल्याए। म डराएर चिच्याउँदै उनको खुट्टामा हिर्काएँ। मैले उनलाई पुलिसलाई भनिदिने भन्दै धम्क्याएँ। यसपछि उनीबाट फुत्केर रिसेप्सनमा आएको थिएँ। मैले यो घटनाबारे रिसेप्सनमा बताएँ तर त्यहाँबाट भनियो– यो तिम्रो निजी मामिला हो र हामीले केही मद्दत गर्न सक्दैनौं।’

यस्तै २ दिनअघि मालिंगामाथि आईपीएल दौरान भारतीय गायिका चीनमायी श्रीपदाकी साथीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ। श्रीपदालाई खोज्दै आएकी ती महिलालाई गायिका आफ्नो कोठामा छ भनेर मालिंगाले कोठामा लगेका थिए। तर, मालिंगाले उनलाई बेडमा लगेर कुकार्य गर्न खोज्दा होटल स्टाफ आएपछि कोठाबाट भाग्न सकेको ती पीडित महिलाले बताएकी थिइन्।