उपाधि बिर्तामोड भेट्रानलाई

0
Shares

विराटनगर, (नेस)
विराटनगरमा सम्पन्न प्रदेश–१ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड भेट्रान क्लब झापाले उचालेको छ।

नरेन्द्रमणि लिम्बुको निर्णायक गोलको मद्दतबाट बिर्तामोड भेट्रान क्लब झापाले विराटनगरमा सम्पन्न प्रदेश–१ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको हो। शहीद रंगशालामा शनिबार भएको फाइनल खेलमा साविक विजेता धरान भेट्रान क्लबलाई १–० गोल अन्तरले निराश बनाउँदै बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो।

गत वर्षको पहिलो संस्करणमा धरानसँग बेहोरेको पराजयको बदला लिँदै बिर्तामोडले १ लाख ५१ हजार रुपियाँ नगद पनि हात पा¥यो। धरानले ७५ हजार रुपियाँ नगद पुरस्कारमै चित्त बुझायो।