अफ्रिदीको खराब कीर्तिमान

0
Shares

लाहोर, (एजेन्सी)
साहिद अफ्रिदीको नाम आउनासाथ विस्फोटक ब्याट्सम्यानका रूपमा स्मरण हुन्छ। टी–२० क्रिकेटमा सबैभन्दा विस्फोटक ब्याटिङ गरेका अफ्रिदी हाल अफगानिस्तान प्रिमियर लिगमा खेलिरहेका छन्। पक्तियाँ पेन्थर्सबाट खेलेका पाक खेलाडीले यस्तो कीर्तिमान रचे कि जुन आजसम्म कोही खेलाडीले बनाउन सकेका छैनन्। उनको अफगानिस्तान प्रिमियर लिग सातौं ठूलो टी–२० लिग हो।

अफ्रिदीले कंधार नाइट्स टिमविरुद्ध शून्यमै आउट हुनुपरेको थियो। सातैवटा टी–२० लिगमा शून्यमा आउट हुने उनी पहिलो ब्याट्सम्यान बन्दै खराब कीर्तिमान रचेका छन्। पहिलोपटक वल्र्ड कप टी–२० मा उनले खेले। यसपछि इन्डियन प्रिमियर लिग, अस्टे«लिया टी–२० ९बीबीएल०, एसएलपीएल, बंगलादेश प्रिमियर लिग ९बीपीएल०, टी–२० ब्लास्ट, पाकिस्तान प्रिमियर लिग र अहिले अफगानिस्तान प्रिमियर लिगमा उनी उपस्थित भए। उनले अहिलेसम्म २ सय ७९ घरेलु टी–२० खेलिसकेका छन्। उनको नाममा ३ हजार ९ सय २५ रन
बनेको छ।