प्युठान, (नेस)
बलात्कारको आरोपमा प्युठानमा एका युवा पक्राउ परेका छन्। दक्षिणी प्युठानको सरुमारानी गाउँपालिका–४ का एक २० वर्षीय युवक पक्राउ परेका हुन्। शनिबार राति उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। उनी स्थानीय ३८ वर्षीया महिलामाथि करणी गरेको आरोपमा पक्राउ परेका हुन्।
महिलालाई पटकपटक करणी गरेको पीडित महिलाको आफन्त ९सासू र देउरानी०ले आरोप लागाएका छन्। थाहा पाएलगतै आफन्तले स्थानीयलाई खबर गरेका थिए। बलात्कारको घटना गाउँमै मिलापत्र गर्ने प्रयास असफल भएपछि मात्र यो घटना प्रहरीकहाँ पुगेको हो। आरोपित युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











प्रतिक्रिया