दुर्घटनामा ३ को मृत्यु

0
Shares

धादिङ, (नेस)
पृथ्वीराजमार्गको भीमसेनस्थानबाट कच्ची सडकतर्फ चकमके जाँदै गरेको बा५ख २४१८ नं। को ट्रिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो।

दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा मृत्यु भएको थियो। दुर्घटनामा परेको ट्रिपर सडकबाट ६ सय मिटर तल पुगेको थियो। ट्रिपरमा रहेका अन्य ३ जनालाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ।