बैतडी, (नेस)
सफा र स्वच्छ वडा बनाउनका लागी बैतडीको दशरथचन्द नगरपालिकाको वडा नं १ को कार्यालय गुरुखोलाले अभियान थालेको छ। अभियानअन्तर्गत वडाभित्र रहेका बजार क्षेत्र, विद्यालय, सरकारी कार्यालय स्वास्थ्य संस्थाहरुमा फोहोर संकलन गर्ने कन्टेनर राखेको छ।
दशरथचन्द राजमार्ग छेउछाउको वडाभित्र रहेका बजार क्षेत्रहरु गुरुखोला, मुस्याचौर बजार, मणिलेक मावि, गुरुखोला स्वास्थ्य चौकीमा कन्टेनर राखिएको वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए। वडाक्षेत्रमा पछिल्लो समय फोहोरले बजार क्षेत्र दुर्गन्धित बन्दै गएकाले वडा कार्यालयले उक्त अभियान थालेको हो।
विभिन्न स्थानमा गरी वडाभरीमा ४५ वटा कन्टेनर राखिएका छन्। वडा नं १ को पहलमा दशरथचन्द नगरपालिकाको सहयोग उक्त कन्टेनरहरु राखिएका हुन्। कन्टेनर राखिसकेपछि स्थानीय बासिन्दालाई फोहोर व्यवस्थापन गर्न सजिलो हुने विश्वास गरिएको छ। स्थानीय बासिन्दालाई खुला ठाउँमा फोहोर नफाली कन्टेनरमा मात्रै फोहोर फालिदिनहुन दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले अनुरोधसमेत गरेको छ।











प्रतिक्रिया