रसुवा बाहिरका लागि एकदिने पास

0
Shares

रसुवा, (नेस)
चीनको केरुङ जानका लागि रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा ९वान डे पास० पाउने भएका छन्।
रसुवाबासीलाई चीन सरकारले एक वर्षको पास उपलब्ध गराउँदै आएको छ। बाहिरी जिल्लाका नागरिकले एक दिने पास नपाउँदा व्यापारिक कारोबारमा समस्या भोग्दै आएका छन्। बुधबार चीनको केरुङमा भएको सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीले एक दिने पासका लागि ट्रान्सपोटेसन एग्रिमेन्टको प्रक्रिया सुरु भएको जानकारी दिएका हुन्। यसले व्यापारमा सहजीकरण हुने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। लामो समयदेखि वान डे पासको विषयमा कुरा उठ्दै आएको छ, उनले भने यस पटकको बैठकमा प्रक्रिया सुरु भएको जानकारी आएको छ।

बैठकमा पाँचवटा विषयमा छलफल भएको छ। वान डे पास, चेलिवेटी बेचबिखन, अवैध सामग्री ओसारपसार नियन्त्रण, चीन सरकारले जिम्मा लिएको विद्यालय निर्माण र भाषागत क्षमताको विकास लगायतका विषयमा छलफल भएको प्रजिअ पौडेलले बताए।