भैंसेपाटीमा ट्याङ्कर दुर्घटना

0
Shares

ललितपुर, (नेस)
भैंसेपाटी भञ्ज्याङमा शनिबार ओभरलोडका कारण पानी ट्याङ्कर दुर्घटनाग्रस्त भएको छ। उक्त ट्याङ्कर उकालोमा चढ्न नसकेपछि ब्याक भएर बिजुलीको पोलमा ठोक्किएर पल्टिएको थियो।

उक्त ट्याङकर बिजुलीको पोलमा नठोकिएको भए भैंसेपाटी चोकमा बसिरहेका धेरै स्थानीयहरू हताहत हुनसक्ने एक प्रत्यक्षदर्शीले बताए।