काठमाडौं, (नेस) । लोक गायिका चाँदनी कुमारी मल्ल (विष्ट) लाई राजधानीमा शुक्रबार सम्मान गरिएको छ।
शिखर नेपालले आयोजना गरेको कार्यक्रममा देउडा गायिका भनेरसमेत आफूलाई चिनाउन सफल उहाँलाई नेपालका प्रथम राष्ट्रपति डा। रामबरण यादवले संस्थाको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘शिखर सम्मान २०७५’ बाट सम्मान गर्नुभएको हो।
डोटीमा जन्मेकी चाँदनीले भाषा, साहित्य, कला र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्सम्म नेपाल र नेपालीलाई चिनाउन उल्लेखनीय योगदान गरेबापत् सम्मान गरिएको आयोजकले जनाएको छ। सञ्चारमाध्यममा समेत कार्यरत उहाँले संगीतमा स्नातकोत्तर गर्नुभएको छ।
कार्यक्रममा उहाँसहित अन्य व्यक्तिलाई पनि सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष शेखर खनालले बताउनुभयो।











प्रतिक्रिया