राजधानीमा चोरी बढ्यो

0
Shares

काठमाडौं, (नेस)
महानगरिय प्रहरी परिसर काठमाडौंले बिशेष सुरक्षा योजना लागु गरेर प्रहरी परिचालन गरेको घोषणा गरेपनि राजधानीमा चोरी र लुटपाट बढ्ने क्रम तीव्र भएको छ।

एक सातामा महारागन्ज क्षेत्रमा लुटपाटका घटना बढ्दै गएका छन। बितेको एक सातमा सो क्षेत्रमा पाँच भन्दा बढी मोटरसाइल चोरी भएपनि प्रहरी भने चोरी गर्ने गिरोह पक्राउ गर्न असफल भएको छ। बिहीवार महाराजगन्जको इशान हस्पिटल संगै चौबिसै घण्टा रहने सिआरभी भ्यानकै अगाडि १० लाख भन्दा बढी मुल्य पर्ने ४० किलोको कल्की नारायण मन्दिरबाट मुर्ति चोरी भएको छ।

सालमा किनिएको उक्त मुर्तिको मुल्य अहिले १० लाख भन्दा बढी र्ने बताइएको छ। ४० किलोको उक्त मुर्ति चोरहरूको समुहले गाडीमा नै हालेर लगेको मन्दिरका पुजारीले बताएका छन।

यसरी प्रहरीकै सामुन्ने मन्दिरबार मुर्ति चोरी हुँदा समेत महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फणिन्द्र प्रसाइको असफलाको कारण चोरी बढेको स्थानीय बासिन्दाहरू वताउँछन्। मुर्ति चोरीको बिषयमा महानगरीय अपराध महाशाखाले अनुसन्धान थालेको छ।