ईश्वरराज ढकाल, काठमाडौं
ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ। मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गर्नुभएको छ।
करिब ३ महिनाअघिदेखि शुरू भएको काष्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। यसअघि गएको जेठ २९ गते ५० लाख रुपियाँ उपलब्ध गराइएको थियो। शनिबार कामपा हनुमानढोका दरबार संरक्षण कार्यालयले आयोजना गरेको कार्यक्रममा मेयर शाक्यले देशको सम्पत्तिका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणलाई निरन्तरता दिन रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ–संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरूप र दिगोरूपमा पुनर्निर्माण गर्न प्रदेशसभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति गठन भएको थियो। यसअघि उपलब्ध गरिएको ५० लाख रुपियाँले प्रारम्भिक काम सम्पन्न कामको प्रतिवेदन प्राप्त भइसकेकाले थप काम अघि बढाउन यो रकम उपलब्ध गराइएको हो।
करिब १८ करोड अनुमानित लागत भएको काष्ठमण्डपको पुनर्निर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्न सो रकम हस्तान्तरण गरिएको मेयर शाक्यले जानकारी दिनुभयो। मौलिक पहिचानयुक्त काष्ठमण्डप बनाउन आवश्यक पर्ने सामग्री सहज उपलब्ध छैन, यसका बाबजुद पनि कार्ययोजनाबमोजिम काम अगाडि बढेको छ।
२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले ध्वस्त भएको काष्ठमण्डप ३ वर्षपछि पुननिर्मण शुरू भएको हो। पुरातŒव विभागको ड्रइङ र डिजाइनको आधारमा काष्ठमष्डप पुनर्निर्माण गरिएको हो। विभागले काष्ठमण्डप पुनर्निर्माणका लागि करिब ९ हजार क्युफिट काठ लाग्ने अनुमान गरेको छ।
मौलिक पहिचानयुक्त काष्ठमण्डप बनाउन आवश्यक पर्ने सामग्री सहज उपलब्ध छैन, यसका बाबजुद पनि कार्ययोजनाबमोजिम काम अगाडि बढेको छ।
मेयर शाक्यले हनुमानढोका दरबार क्षेत्रभित्रका सम्पदा पुनर्निर्माण गर्ने कामलाई तीव्रता दिएको दाबी गर्नुभयो। भन्नुभयो– ‘माजु देग पुनर्निर्माणका लागि कार्यादेश दिन बाँकी छ। कुमारी घरको निर्माण वा पुनर्निर्माण गर्ने विषयमा प्राविधिक परीक्षण भइरहेको छ।
कामपा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले वसन्तपुर क्षेत्रमा सम्पदा पुनर्निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको जनाउँदै काम नसकिएको तर भूकम्पले क्षति पुगेका सम्पदाको जीर्णोद्धार, पुनर्निर्माण तथा मर्मत सम्भारको काम भइरहेको बताउनुभयो। ‘दरबार क्षेत्रसँग १९, २०, २३ र २४ गरी ४ वटा वडा जोडिएका छन्। हामी आपसमा मिलेर काम गरिरहेका छौं।’ –वडाध्यक्ष महर्जनको भनाइ थियो।
यी ४ वटा वडाका ७३ वटा योजनाका विषयमा जानकारी गराउँदै वडाध्यक्ष महर्जनले हालसम्म १८ वटा योजना सम्पन्न भइसकेको बताउँदै १२ वटा काम हुँदै गरेको, ६ वटाको काम हुन बाँकी, ५ वटा खरिद प्रक्रियामा रहेको, ७ वटा पुरातŒव विभागसँग समन्वय भइरहेको, १६ वटाको लगत अनुमान र नक्सा तयार भइरहेको बताउनुभयो।











प्रतिक्रिया