सडक विस्तार कछुवाको गतिमा

0
Shares

ललितपुर, (नेस)
सकुन्तलाल हिराचनको युनाइटेड विल्डर्सले चापागाउँ दोबाटोदेखि ढोलाहिटिसम्मको दुई दशमलब एक किलोमिटर सडक खण्ड विस्तार र कालोपत्रेको ठेक्का पाएको ६ वर्ष बितिसकेको छ।
सम्झौताअनुसार विल्डर्सले ३ वर्षअघि नै सडक विस्तार र कालोपत्रेको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर अझैसम्म पनि काम सम्पन्न हुन सकेको छैन। अझै पनि ६ सय ३० मिटर खण्डमा कालोपत्रे गर्न बाँकी छ। सडकको स्तरोन्नति गर्न ढिलाइ गर्दा सर्वसाधरणले सास्ती थेग्न नसकेर विभिन्न समयमा आन्दोलनसमेत गर्नुपरेको थियो। ठेकेदारले दशैंअगाडि जुनसुकै हालतमा सडकको बाँकी खण्ड कालोपत्रे गर्ने भने पनि त्यो काम नहुने पक्कापक्की जस्तै भएको छ।

ठेकेदारले बल्ल सडकमा गिट्टी बिछ्याउन थालेको छ। कालोपत्रे गर्ने काम भने दशैंपछि मात्रै हुने निश्चितप्रायः भएको छ। डिभिजन सडक कार्यालय ललितपुरका इन्जिनियर लक्ष्मण रावलले दशैंपछि मात्रै उक्त सडक कालोपत्रे हुने बताउनुभयो। दशैंअघिसम्म बेस बिछ्याउने काम गरेर दशैंलगत्तै सडक कालोपत्रे हुन सक्ने उहाँले दाबी गर्नुभयो। ‘बेस बिछ्याएर केही दिन राख्नुपर्ने हुन्छ। बेस बिछ्याएकै दिन हतारमा पिच गरेर हुन्न’, उहाँले भन्नुभयो– ‘ल्याब टेस्ट पनि गर्नुप¥यो त्यस कारण दशैंअघि पिचको सम्भावना छैन।’

अझै पनि उक्त सडकमा पानी पर्दा सडकमा पानी जमेर आहाल हुने र घाम लाग्दा धूलोले बाटोमा हिँड्न मुस्किल हुने गरेको छ। उक्त सडकमा सवारी साधन समेत आवत–जावतमा नै समस्या छ भने बटुवालाई हिँड्न समेत सकस छ। निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरे, मापदण्ड अनुसार काम नगरे ठेक्का रद्द गर्ने प्रावधान रहेपनि भाका नाघेको यत्रो दिन वितिसक्दा समेत ठेकेदार कारबाहीमा परेको रेकर्ड छैन भने बाटो समेत बन्न सकेको छैन। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले समेत विशेष चासो दिँदै यथाशीघ्र सडक कालोपत्रे गर्न निर्देशन दिए पनि काम हुन नसकेपछि उहांनै हायककायल हुनु भएको छ।