प्युठान ।
बलात्कारको आरोपमा प्युठानमा एकजना युवा पक्राउ परेका छन । दक्षिणी प्युठानको सरुमारानी गाउपालिका –४ का एक २० बर्षिया युबक पक्राउ परेका हुन् । शनिबार राती उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उनलाई स्थानिय ३८ बर्षिया महिला माथी करणी गरेको आरोपमा पक्राउ परेका हुन ।
महिलालाई पटकपटक करणी गरेको पीडित महिलाको आफन्त (सासू र देउरानि)ले आरोप लागाएका छन । थाहा पाए लगतै आफन्तले स्थानियलाई खबर गरेका थिए । बलात्कारको घटना गाउँ मै मिलापत्र गर्ने प्रयास असफल भएपछी मात्र यो घटना प्रहरी कहाँ पुगेको हो । आरोपित युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया