काठमाडौँ ।
एकता बचत तथा ऋण सहकारी संस्था काठमाडौंको २१ औं साधारण सभा सम्पन्न भएको छ ।
उपाध्यक्ष प्रेमचन्द्र गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अध्यक्ष अर्जुनप्रसाद गौतमको अध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन् भएको हो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सचिव नारायणकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको सो कार्यक्रममा २०७४÷०७५ मा २९,२२,०५,८१२।६७ को वासलात र ६९,४९,३५६।३९ को आम्दानी भएको लेखा परीक्षण प्रतिवेदन र ०७५÷०७६को लागि ४,०१,५५,०००।– को अनुमानित आय–व्ययको विवरण सहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष वीरेन्द्र भण्डारीले प्रस्तुत गर्नु भएको थियो ।
बाल बचतकर्ताहरुले नाच–गान प्रस्तुत गरेको सो कार्यक्रममा कास्कूनका अध्यक्ष केशव दङ्गाल, वडा अध्यक्ष (का.म.पा. ३१) नारायण भण्डारी, निवर्तमान अध्यक्ष नानीबाबु बुढाथोकी, प्रहरी बृत तीनकुनेका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्दराज काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि सचिवले एकता समुदायमा आधारित उत्कृष्ट सहकारी संस्था रहेको बताउँदै आगामी दिनमा एकताकै नेतृत्वमा एकीकरण गरि अझ मजबुत र ठूलो सहकारी बनोस् भन्ने सुझाव एवं शुभकामना दिनुभयो ।











प्रतिक्रिया