काठमाडौं ।
मस्तिकघातका कारण लामो समय सम्म अर्धचेत अवस्थामा रहनु भएका नेपाली काङ्ग्रेसका नेता चक्र बास्तोलाको अवस्था अत्यन्त गम्भिर भएपछि काङ्ग्रेसका शीर्ष नेताहरु अहिले उहाको निवास खुमलटार पुगेका छन् । बास्तोलालाई आज अपरान्ह बासवारी स्थित न्युरो अस्पतालबाट उपचार सम्भव नभएको भन्दैे डिस्चार्ज गरेको थियो ।
काग्रेस नेता बास्तोलोको नधिन भएको खवर सबैतिर फैलिएको बेला भर्खर साझ सवा ६ बजे उहाको निवास रहुन भएका काग्रेस महामन्त्री पुर्णवहादुर खड्काले न्युज अफ नेपाललाई टेलिफोन बाट जानकारी दिए अनुसार बास्तोलाको अवस्था नाजुक मात्र बनेको हो । काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार उहालाई अस्पतालले उपचार सम्भव नभएको भनि डिस्चार्ज गरेको हो । मृत्यु भयो भनेर फैलिएको समाचार झुट भएको मुख्य सचिव पौडेलले भर्खरै टेलिफोन बाट जानकारी दिनुभएको छ ।
२०६९ पुस १४ विराटनगरमा आयोजित आफ्नो बन्धु भेलामा संवोधन गर्दागर्दै लडेका बस्तोलालाई मस्तिकघात भएको थियो ।
मस्तिकघात पछि उहालाई भारतको मेदान्त अस्पतालमा लामो समय उपचार गरिएको थियो । भारतमा पनि निको नभएपछि बास्तोलालाई स्वदेशमै उपचार भइरहेको थियो ।
पुर्व परराष्ट्रमन्त्रि तथा भारतका लागि पुर्व नेपाली राजदुत पनि हुन् । बास्तोलालाई जननायक बीपी कोइराला स्मृति ट्रसले यो वर्षको सेनानी सम्मान पनि प्रदान गरिएको थियो ।
तत्कालिन काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको विश्वासपत्र बास्तोलाले माओबादी द्धन्द्धकालमा आमोबादीलाई शान्ति प्रक्रियमा ल्याउन उहाले महत्वपुर्ण सहयोग पु¥याएका थिए ।
बास्तोलाको एक श्रीमति र दुई छोरी छन् । उनको मस्तिकघट भएपछि श्रीमति कुशुमले हेरचाह गर्नुभएको थियो ।











प्रतिक्रिया