काठमाडौँ ।
भैंसेपाटी भञ्ज्याँगमा पानी ट्याङ्कर पल्टिएको छ । उक्त ट्रक उकालोमा चढ्न नसकेर पछाडि बिजुलीको पोलमा ठोकेर पल्टिएको हो । अहिले यसैका कारण भैंसेपाटीमा बिजुली ठप्प भएको छ ।
उक्त ट्रक बिजुलीको पोलमा नठोकेर सीधै पछाडि आएको भए चोकमा बसिरहेका धेरै मान्छे हताहत हुनसक्ने कुरा प्रत्यक्षदर्शीहरूले बताएका छन् ।














प्रतिक्रिया