संघीय संसदको हिउँदे अधिवेशन पुसबाटः अध्यक्ष तिमिल्सिना

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी पुसदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ पर्वतले सदरमुकाम कुश्माबजारमा शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सीनाले स्थानिय तह र प्रदेशका लागि आवश्यक कानुन बनाउनका लागि संघीय संसदको हिउँदे अधिबशेन पुसबाटै शुरु हुने बताउनुभएको हो ।

आफुँले बजेट अधिबेशनकै क्रममा प्रदेश र स्थानिय तहका लागि आवश्यक कानुन पास गर्ने पक्षमा जोड दिएपनि समय अभाब र मौलिक हकका कानुनहरु पास गर्नुपर्ने अवस्थामा पुरा हुन नसकेको उहाँको भनाई छ । ‘बजेट अधिबेशनमा स्थानिय र प्रदेश सरकारलाई आवश्यक पर्ने कानुनहरु निर्माण गर्न नसक्दा काम गर्न कठिन भएको छ’ उहाँले भन्नुभयो ‘स्थानिय र प्रदेशलाई चाहिने कानुन प्राथमिकतामा राखेर बनाउनुपर्छ भनेर पुसमा नै अबिधेशन बोलाउने योजनामा छौ’ । सरकारले आवश्यक ठानेको अवस्थामा मंसिरमै पनि शुरु हुन सक्ने बताउँदैै अध्यक्ष तिमिल्सिनाले धेरै विधेयकहरु टुंगो लगाउनुपर्ने अवस्था भएकाले मोटामोटी रुपमा पुसदेखि शुरु गर्दा धेरै छलफल गरेर धेरै विधेयक पास सहज हुन्छ भन्नुभयो । प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनमा पुसदेखि अधिवेशन शुरु नगर्दा पर्याप्त छलफल हुन नसक्ने र पुनः वैशाखदेखि वर्षे अबिधेशन गर्नुपर्ने भएकाले ढिलाई हुने उहाँको धारणा छ ।

तिमिल्सिनाले १६ वटा मौलिक हक कार्यान्वयनको चरणमा रहेको बताउँदै दुवै सदनबाट सर्वसम्मत रुपमा पास भएको बताउनुभयो । उहाँले सदनमा साँसदहरुले मौलिक हकका बिद्येयकहरु छलफल नै नगरी पारित गरिएको भन्ने आरोपको खण्डन पनि गर्नुभयो । साँसदहरुका लागि बिधेयकहरु अध्ययनका लागि समय दिएपनि पारित गर्न छोटो समय भएकाले केही छोटो प्रकृयामा जानु परेको हो भन्नुभयो । प्रतिनिधी सभामा उत्पति भएका बिद्येयक र राष्ट्रिय सभामा उत्पति भएका बिद्येयकहरु सम्बन्धित सदन र समितिमा पर्याप्त छलफल पछि अर्को सदनमा गएका हुँदा समय अभाबले यस्ता बिद्येयकहरु छोटो प्रकृयामा गएर पारित गरिएको हो’ उहाँले भन्नुभयो ।

प्र्रतिनिधीसभाबाट आएका बिद्येयकहरु अध्ययनका लागि साँसदलाई दिएपनि अध्ययन नै नगर्ने र पारित भएपछि थाहा पाइन भन्ने गरेको सुनेको बताउँदै कतिले अध्ययन गर्नुभयो, कतिले अध्ययन नगरि त्यसै ताली बजाउने र आफुँ पछि हट्न खोजेको आरोप उहाँको थियो । ‘समितिमा पर्याप्त छलफल गरेर ल्याउनुपर्ने बिद्येयकहरु छोटो प्रकृयाबाट ल्याउँदा केही समस्या भयो’ उहाँले भन्नुभयो ‘अब यस्तो गल्ती हुँदैन ।’

अर्को प्रसंगमा तिमिल्सिनाले वर्तमान सरकारले निकै राम्रा कामहरु शुरुवात गरेको बताउनुभएको छ । उहाँलले अन्तर्राष्ट्रिय सम्वन्ध सन्तुलित बनाएर नेपालको छवि उच्च बनाउने काम गरेको बताउँदै दुई छिमेकी मुलुकसँगको सम्वन्धलाई प्रभाकारी बनाएको बताउनुभयो । केपीओली नेतृत्वको अघिल्लो सरकारको पालामा भएका समझदारीलाई कार्यान्वयनमा ल्याउने काम गरेको बताउनुभयो ।