काठमाडौँ ।
योङ प्रेसिडेण्ट्स अर्गनाइजेसन (वाइपिओ) कलकत्ता, भारत च्याप्टरका सदस्यहरुले मानव बेचविखन विरुद्ध लड्न १३ हजार फिट उचाईमा अवस्थित अन्नपूर्ण आधार शिविर आरोहण गरेका छन् ।
नेपालबाट धेरै संख्यामा मानव बेचविखन हुने गरेको छ, जहाँका दुर्गम र अविकसित क्षेत्रका किशोरीहरु र महिलाहरुलाई अनेक प्रलोभनमा फसाइन्छ र विभिन्न प्रयोजनका लागि उनीहरुको बेचविखन हुने गरेको छ ।
वाइपिओ कलकत्ताका सदस्यहरु मानव बेचबिखनका विरुद्धमा सक्रिय भएर आवाज बुलन्द गर्दै यसको रोकथामका लागि निरन्तर रुपमा क्रियाशील हुदैं आएका छन् ।
वाइपिओ कलकत्ता च्याप्टरले यही ७ अक्टोबरदेखि १३ अक्टोबरसम्म एक ट्रेकको आयोजना मार्फत् १३ हजार फिटको उचाईमा अवस्थित अन्नपूर्ण आधार शिविरमा पुगेर कोषको लागि चन्दा उठाएका थिए ।

वाइपिओ कलकत्ता च्याप्टरका सबै १५ जना सदस्यहरुले मानव बेचविखन विरुद्धमा जनचेतनाअभिवृद्धि गर्न एवं कोष खडा गर्न संकलित कोषको सहायताबाट गैरसरकारी संस्थालाई दलालहरुको पन्जाबाट प्रत्यक्ष रुपमा ३० जना युवतीहरुको उद्धार गर्न सहयोग पुग्नेछ र पाँच हजार नागरीकहरु सूचना संप्रेषण र परामर्शबाट लाभान्वीत हुनेछन् भने यसले समुदायलाई बेचविखन विरुद्धमा संगठित हुन अभिप्रेरित गर्नेछ ।

माइती नेपालले वाइपिओ कलकत्ता च्याप्टरका सदस्यहरुको सम्मानमा शनिवार माइती नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका कार्यबाहक अध्यक्ष विश्व खड्काले भन्नुभयो– ‘वाइपिओ कलकत्ता च्याप्टरको यो एक अत्यन्त सराहनीय कार्य हो । यो कार्यबाट लैंगीक समानता भएको एक त्यस्तो समाज सिर्जना गर्नमा उल्लेखनीय योगदान पुग्नेछ, जहाँ कोही पनि बालिकाहरु बेचविखनको शिकार बन्ने छैनन्, शोषित पिडित हुने छैनन् र त्रासदीपूर्ण यातना सहन विवश हुने छैनन् ।’
वाइपिओ कलकत्ता च्याप्टरका सदस्यहरुले कोषको लागि रकममात्र संकलन गरेको नभई मानव बेचविखनको चपेटामा परेर विस्थापित भई कठोर जीवनयापन गर्न विवश भएकाहरुको पक्षमा उनीहरुको अधिकार, उचित न्याय र पुनःस्थापनाको विषयमा समेत जनचेतना फैलाएका छन् ।











प्रतिक्रिया