संखुवासभामा सुत्केरीको मृत्यू

0
Shares

ईन्द्र गिरी, संखुवासभा ।
संखुवासभाको जिल्ला अस्पतालमा एक सुत्केरीको आज मृत्यू भएको छ । खाँदबारी नगरपालिका ३ की २० बर्षीया नन्दुमाया गुरुङलाई सुत्केरी व्यथाले च्यापेपनि समयमै अस्पताल नल्याउदा मृत्यू भएको हो ।

उनको पाठेघरबाट रगत बग्न थालेको झन्डै ६ घन्टा पछि आफन्तले अचेत अवस्थामा खाँदबारी अस्पताल ल्याएका चिकित्सकले बताएका छन । उनको अन्तिम अवस्था भएको र अस्पताल भर्ना गरि तत्कालै एक प्रिन्ट रगत लगायत औषधि उपचार भई रहदा आज विहान १ बजे मृत्यू भएको अस्पतालका डा युवराज बस्नेतले बताउनु भयो ।

उहाले अचेत अवस्थामा रहेकी विरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारीस गरे पनि यातायातको कठिनाईको कारण लैजान नसकेपछि जिल्ला अस्पतालमा बच्चालाई भन्दा पनि आमालाई बचाउन शल्यक्रियाबाट सुत्केरी गराउने तयारी गर्दा गर्दै मृत्यू भयो । विरामीको अवस्था नाजुक भएपनि बचाउन निकै प्रयास गर्यो तर नसकिएको बताउनु भयो ।

उहाले पाठेघरको मुखमा बच्चा भन्दा अघि साल रहेको र ३४ हप्ताको बच्चा रहेको बताउनु भयो । उहाले सुत्केरीलाई समयमै अस्पताल ल्याएको भए आमालाई भने बचाउन सकिने थियो । पटकपटक जिल्ला अस्पतालमा गर्भ जच गराउन आउँदा सर्तक हुन सुझाब दिएको भए पनि बेअस्ताका गरेको डा. बस्नेतले बताउनु भयो ।