सरोज यादव, विराटनगर ।
विराटनगरस्थित खानेपानी संस्थानले वितरण गरेको आइरनयुक्त पानीमा बालुवा र लेदो मिसिएको भेटिएको छ ।तर पनि अधिकांश नगरवासी पानीको प्रयोग नगरी मासिक महसुल तिर्दे आएका छन । विराटनगरस्थित खानेपानी संस्थानले वितरण गरेको पानीमा विगत ४ वर्ष देखि आइरनयुक्त, बालुवा र लेदो मिसिएको आइरहेको छ । विराटनगर ११ पिचराका उपभोक्ताहरु कतिपयले बाध्यताले पानीको प्रयोग गरेका छन् भने कतिपयले प्रयोग नै नगरि मासिक महसुल भने तिरिरहेका छन् ।

वडा नं ११ पिचराका दामोदर अधिकारी नियमित महशुल तिरेको पानी खानुहुन्न । खानेपानीका लागी भनेर जोडेको धाराबाट फोहोर पानी आएपछि अधिकारी मात्र होईन पिचराका स्थानीयले शुल्क तिरेको पानी तरकारी र गाईबस्तुका लागि मात्रै प्रयोग गर्दै आईरहेका छन् । पानीमा लेदो, बालुवा र फोहोर आउने गरेको विषयमा खानेपानी संस्थानलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएको उपभोक्ता दिलिप विष्टको गुनासो छ ।

स्थानीयको समस्याबारे जानकार रहेका जनप्रतिनिधीले पानी शुद्ध बनाउन ताकेता गरेको बताउछन् । संस्थानले सुरुमा केही महिना यस्तो समस्या रहेको जनाएपनि समस्या आज सम्म उस्तै रहेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेको भनाइ छ ।
तर खानेपानी संस्थान विराटनगर वितरण कार्यालयका प्रमुख शैलेन्द्रकुमार साहले भने पानीमा आईरन देखिएको स्वीकार गर्दै यसले स्वास्थ्यमा असर नगर्ने बताए । विकास निर्माणका कामहर भइरहेकाले अहिले विभिन्न ठाउँमा खानेपानीका पाइपहरु फुटेकाले पानीमा लेदो र बालुवा गइरहेको उनको भनाइ छ । प्रमुख साहले आगामि वैशाखसम्ममा नयाँ फिल्ट्रेसन प्लान्ट पिचरामा राखिने जानकारी दिए । त्यसपछि भने यहाँको खानेपानीको समस्या समाधान हुने संस्थानले जनाएको छ ।












प्रतिक्रिया