विनोद सिंह विष्ट, बैतडी ।
सफा र स्वच्छ वडा बनाउनको लागी बैतडीको दशरथचन्द नगरपालिकाको वडा नं १ को कार्यालय गुरुखोलाले अभियान थालेको छ । अभियान अन्तर्गत वडा भित्र रहेका बजार क्षेत्र, विद्यालय, सरकारी कार्यालय स्वास्थ्य संस्थाहरुमा फोहोर संकलन गर्ने कन्टेनर राखेको छ ।
दशरथचन्द राजमार्ग छेउछाउको वडाभित्र रहेका बजार क्षेत्रहरु गुरुखोला, मुस्याचौर बजार, मणिलेक मावि , गुरुखोला स्वास्थ्य चौकीमा कन्टेनर राखिएको वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए । वडाक्षेत्रमा पछिल्लो समय फोहोरले बजार क्षेत्र दुर्गन्धित बन्दै गएकोले वडा कार्यालयले उक्त अभियान थालेको हो ।
विभिन्न स्थानमा गरि वडाभरीमा ४५ वटा कन्टेनर राखिएका छन् । वडा नं. १ को पहलमा दशरथचन्द नगरपालिकाको सहयोग उक्त कन्टेनरहरु राखिएका हुन् । कन्टेनर राखिसकेपछी स्थानीय बासिन्दालाई फोहोर व्यवस्थापन गर्न सजिलो हुने विश्वास गरिएको छ । स्थानीय बासिन्दालाई खुल्ला ठाँउमा फोहोर नफाली कन्टेनरमा मात्रै फोहोर फालिदिनहुन दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले अनुरोध समेत गरेको छ ।











प्रतिक्रिया