धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका स्थित वडा नं ३ ले जेष्ठ नागरिकका लागी दशैं मिलन कार्यक्रम गरेको छ । वडा नं ३ मा रहेका सबै जेष्ठ नागरिकलाई सँगै राखेर उनीहरुसँगै दशैंको शुभकामना आदानप्रदान गरिएको हो । बाँफीकोट गाँउपालिका वडा नं ३ का ४२ जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप दशैंमिलन तथा बनभोज आयोजना गरिएको वडा नं ३ को वडा कार्यालयले जनाएको छ । दशैं तिहार लगाएतका चाडपर्वको शुभकामना आदान प्रदानका साथै बुढापाकाहरुको अनुभव साटासाट गर्न सो वडाका सबै जेष्ठ नागरिकलाई वडा कार्यालयले आमन्त्रण गरेको हो । चाडपर्वको शुभकामना सँगै जेष्ठ नागरिकको सम्मान स्वरुप दशैंमिलन तथा बनभोज कार्यक्रम गरिएको वडा अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।

सो कार्यक्रममा बाँफीकोट गाँउपालिकाका अध्यक्ष धर्मबहादुर के.सी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बेगम देवकोटा, बाँफिकोट गाँउपालिका कार्यकारी अधिकृत महेश गुरुङ, वडा नं ५ का अध्यक्ष कस्तुप दाहाल, वडा नं ४ का वडा सचिव ज्ञानबहादुर खड्का, ३ का वडा सचिव बिनोद रेग्मी लगाएतका सहभागिता रहेको थियो । कार्यक्रममा बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले जेष्ठ नागरिक यसरी सम्मान गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिकको यसरी जमघट गराई आफ्ना अनुभव साटासाट गराएको र उनीहरुलाई दशैंमिलन तथा भोज समेत व्यवस्था गरेकोमा वडा नं ३ को कार्यालयलाई अध्यक्ष के.सीले धन्यवाद समेत दिनुभएको थियो ।











प्रतिक्रिया