विमल बिष्ट, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिद्यानन्द माझीले चाडबाडको समयममा जुवा तास नखेल्न आग्रह गर्नु भएको छ । सामुदायिक प्रहरी तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिलगढी डोटीले दिपायलमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै एसपी माझीले दशै,तिहार लगायतका चाड बाडमा जुवा खेल्ने तथा खेलाउनेलाई कडा कार्वाहि गरिने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘बर्ष दिनकोको चाडबाड हो,हासी खुसिका साथ मनाउनुहोस,जुवा खेलेको थाहा पाए हिरासतमा लगेर थुन्छु ।’ डोटीमा जुवा तास बढीरहेको भन्ने स्थानियको गुनासो बढेपछि एसपी माझीले कुनैपनि हालतमा जुवा तास बन्द गरेरै छोड्ने दाबी गर्नु भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका एसपी माझीले दशै तथा तिहारका लागि डोटीमा ब्यापक रुपमा प्रहरीहरु परिचालन भएकाले ढुक्कका साथ चाडबाड मनाउन पनि आग्रह गर्नु भएको थियो ।
उहाँका अनुसार यो बर्ष डोटीमा हतियार तथा सादा पोशाकका गरी कम्तिमा पनि ६ सय भन्दा बढी प्रहरी परिचालन भएका छन् । बजार,बित्तिय संघ संस्था,शहकारी,कार्यालय तथा बढीमानिसको भिडभाड हुने ठाउमा अत्याधुनिक हतियार सहितका प्रहरी परिचालन भएकाले कुने घटना भए वा हुन सक्ने संकेत भएमा प्रहरीको निशुल्क नम्बर १०० र ११० मा खबर गरिदिन समेत एसपी माझीले सबैमा आग्रह गर्नु भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र सिलगढी डोटीका अध्यक्ष लोकबहादुर बोहराको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा दिल्पेश्वर माबीका प्रधानाध्यापक दीर्घबहादुर कठायतले दिपायलमा युवा उमेरका केटा केटीहरु पछिल्लो समय बढी र्दुब्यसनीमा फस्न थालेकाले त्यसको रोकथामका लागि लागि पर्न प्रहरीलाई आग्रह गर्नु भएको थियो । ‘कलिलो उमेरका बिद्यालय जाने बालबालिका बढी कुलतमा फस्नथालेको हामीले पाएका छौ,उनिहरुका अभिभाबकहरुलाई भन्दा समेत रोक्न सकेका छैनौ उहाँले भन्नु भयो ‘प्रहरीको सक्रियताममा यसलाई रोक्नु प¥यो ।’
उक्त कार्यक्रममा स्थानियबासी,बिभिन्न राजनैतिकदलका प्रतिनिधी,राष्ट्रिय अनुसन्धानका डोटी प्रमुख गोबिन्द पाण्डे महिला तथा सञ्चारर्मिहरुको सहभागिता रहेको थियो । फोटो क्याप्सन ः दशै,तिहारमा जुवा तास नखेल्न आग्रह गर्नु हुदै जिल्ला प्रहर िकार्यालय डोटीका प्रमुख एसपी बिद्यानन्द माझी ।











प्रतिक्रिया