धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्व भुमे गाउँपालिकामा बजार अनुगमन गरिएको छ। बजार अनुगमनबाट १ लाख २० हजार बराबरको म्याद गुज्रिएको सामान बरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार साहले जानकारी दिनुभयो।
दशैमा हुने महङ्गि तथा कालोबजारी रोक्नको लागि बजार अनुगमन गरिएको बताइएको छ । जिल्ला प्रशासन, जिल्ला समन्वय, जिल्ला जनस्वास्थ्य, उद्योग बाणिज्य सघँर इलाका प्रहरी काक्रीको टोलिले भुमे गाउँपालिकाको मुख्य बजारहरु वडा नम्बर २ को काक्री तृवेनी, खावाङ, ३ को सिसाघारीमा अनुगमन गरिएको हो। जम्मा ४५ ओटा पसलमा अनुगमन गरिएको थियो । ती सबै पसलमा म्याद गुज्रिएका सामान भेटिएका थिए ।
अनुगमनको क्रममा सबै पसलहरुमा साइनबोर्ड नराखिएको, नविकरण नगरेको, व्यवसाय दर्ता नगरेको, सामान व्यवस्थित नभएको, मुल्य सुची नराखिएको पाइएको छ। बेलाबेलामा बजार अनुगमन भईरहने र यी सबै प्रक्रियाहरु पूरा गर्न पनि व्यापारिहरुलाई सल्लाह सुझाव दिइएको सहायक प्रमुख जिल्ला अधिकारी साहले बताउनुभयो।
अनुगमनकै क्रममा उद्योग बाणिज्य सँघले ५ वटा पसल नया दर्ता र ७ ओटा नविकरण गरेको रुकुमकोट उद्योग बाणिज्य सँघका अध्यक्ष यज्ञ प्रकाश मल्लले जानकारी दिनुभयो।
यसैगरी जिल्ला प्रशासनले ७० बर्षिय १ विधवा महिलाई र अन्य ४ गरि जम्मा ५ जनालाई नागरिकता वितरण गरेको छ।
७० वर्षीय वृद्ध भुमे गाउँपालिका १ निवासी आसपुरी सुनारलाई नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारि साहले बताउनुभयो। सदरमुकाम रुकुमकोटसम्म जान नसक्ने र गएर नागरिकता बनाउन पनि झन्झटिलो हुने भएकोले आफ्नै घरअगनमा आएर नागरिकता वितरण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद पनि दिनुभएको छ।











प्रतिक्रिया