किरन धामी, दार्चुला ।
दार्चुलामा भिरबाट लडेर एकै दिन दुई जना घाइते भएका छन् । घाइते दुई जना मध्ये एकको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाँस काट्ने क्रममा शनिबार विहान भिरबाट लडेकी महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैकी २४ वर्षिय गोमती ठगुन्ना गम्भिर घाइते भएको दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बहादुर बोहराले जानकारी दिए । घाइते ठगुन्नाको टाउकोमा गहिरो चोट रहेको उनले जानकारी दिए ।
शनिबार विहान स्थानिय सिराड वनमा घाँस काट्न गएका बेला भिरबाट करिव ४०÷५० मिटर तल खसेकी ठगुन्नाको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि सुदुरपश्चिम प्रदेशको धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । यस्तै घाँस काटिरहेको अवस्थामा एक्कासी भिरबाट लडेकी ब्याँस गाउँपालिका ६ खातीगाउँकी १४ वर्षिय वालिका विनु खाती घाइते भएकी छन् । शनिबार विहानै स्थानिय वनमा घाँस काट्न गएका बेला भिरबाट खसेकी खातीको बाया खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । उनको भने जिल्ला अस्पतालमै उपचार भैइरहेको छ ।











प्रतिक्रिया