दुःखका कुरा

0
Shares

दशैं लागेपछि कतिका के के खेती हुने भनेर साध्य नै नहुने कस्तो होला मुलुक। सबैलाई कमाएर परिवार सुखी बनाउनुपर्ने अवस्था आउनुमा को दोषी होला? धरहरा गम्भीर भएको छ।
संसारमा सबैलाई आफ्नो परिवारलाई खुसी बनाउन अर्कालाई दुःख दिनुपर्ने कस्तो विडम्बना होला। दशैं आएपछि राजधानीबाट मुलुकभर निस्कने एकमात्र राजमार्ग त्रिभुवन राजपथ भएर बाहिरिने सवारी साधनलाई ट्राफिक प्रहरीले दशैंको नाममा दिएको दुःखलाई हेर्ने हो भने दयालाग्दो अवस्था छ।

प्रहरी महानिरीक्षक भन्छन्– प्रहरीभित्रका किरा मिल्काउँछु। तर किराहरूले दिएको दुःख हेर्ने हो भने उहाँले दिएको अभिव्यक्ति माछा माछा भ्यागुतोजस्तै पो छ भन्या? घूस खाने खाइरहने अभिव्यक्ति दिने दिइरहने हो भने कहाँबाट सप्रियोस् पुलिस होइन र भन्या। दुःखका कुरा गर्ने हो भने प्रहरीलाई मात्र हो र पूर्वराजा ज्ञानेन्द्रलाई पनि उत्तिकै दुःख छ। गुमेको सत्ता फर्कन्छ कि भन्ने अभिलाशाले उनले गरेको दुःख गर्ने हो भने ट्राफिक प्रहरीको पैसा कमाउने धन्दाका दुःखभन्दा बढी छ।