चितवन ।
भरतपुर महानगरपालिका वडा नम्वर ९ ले वडाका १ सय ५८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालय परिसरमा आज (शुक्रवार) आयोजित सम्मान कार्यक्रममा ८० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सो अवसरमा राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावल‘पार्वती’ ले ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान, सीप र अनुभवको कदर हुनुपर्ने बताउनुभयो । उहाँले घरबाट नै ज्येष्ठ नागरिकको सम्मानको सुरुवात गर्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकले पाउँदै आएको रु दुई हजार वृद्धभत्ता समयअनुसार वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिए पनि त्यो अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन आउन सकेको छैन । बजार भाउ र महँगीलाई ध्यानमा राखेर ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्ता कम्तीमा रु पाँच हजार पु¥याउनुपर्ने माग गर्दै आएका छन् । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गर्नुभएको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ ।
कार्यक्रममा वडा नम्वर ९ की नेकपा प्रतिनिधी निसा न्यौपाने,नेपाली काँग्रेसका प्रतिनिधी कृष्ण प्रसाद सोती लगाएतको सहभागीता रहेको थियो । वडा सचिव वालकृष्ण थपलियाले संचालन गरेको कार्यक्रम वडाध्यक्ष यमलाल कंडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।











प्रतिक्रिया