काठमाडौँ ।
सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वाेत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री के जे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा कम्पनीमा जनरल म्यानेजर अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
पर्यटन तथा आतिथ्य उद्योग सर्वाेत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेंट्री प्रस्तुत गरेको थियो ।

२०६९ पौष १२ मा क्यासिनो महजोंग सोल्टी होटलको परिसरमा संचालनमा आएको महाजोंग क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड चुक्ता शेयर पूँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि. आफैले क्यासिनो संचालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आएको छ ।
यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ । र कुनैपनि राजश्व रकम बुझाउन बाँकी छैन । हालसम्म कम्पनीले २८ करोड भन्दा बढी राजश्व दाखिला गरिसकेको छ ।
यस क्यासिनोमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष रोजगारी र हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरु हवाई मार्गबाट आउने हुँदा क्यासिनो योगदान होटल व्यावसाय तर्फ मात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ । गत आ.व. मा करिव १ लाख खेलाडीहरुले यस क्यासिनोमा खेलेका थिए ।
आधुनिक सामाग्रीहरुको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रेसन सेन्टर संचालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पु¥याउनु यसको लक्ष्य रहेको छ ।











प्रतिक्रिया