शिवहरीप्रसाद भट्टराई, राजविराज ।
सप्तरीमा फेरी एक बालिका वलात्कृत भएकी छिन् ।
डाक्नेश्वरी नगरपालिका २ पातोकी १४ बर्षिया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी हुन्।
घरमा एकलै भएका वेला छिमेकी १७ वर्षीय युवकले आफनै घरमा लगेर वालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
वालत्कार आरोपी युवालाई पक्राउ गरी बालिकालाई स्वास्थ्य परिक्षणका लागि राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरी प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिए ।
यसअघि गत असोज २१ गते सोही नगरपालिकाको वडा नं. ५ की १४ वर्षीया बालिका र वडा नं. ८ की ७१ वर्षिया वृद्धा एकै दिन वलात्कारको शिकार भएका थिए ।











प्रतिक्रिया