झुण्डिएको अवस्थामा महिला मृत फेला

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलामा एक महिला रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट कुडपानीकी ४० वर्षिय कलावती धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार विहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा ति महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।
मृतक धामी शुक्रबार विहानै घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ । घरबाट निस्केको ३÷४ घण्टा पछि घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको परिवार जनले बताएका छन् । मृतक धामीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । घट्ना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक धामीका एक छोरा र दुई छोरी रहेको प्रहरीले जनाएको छ ।