दाङ ।
दाङमा बस र मोटरसाईकल ठोकिदा २ जना घाइते भएका छन् ।
जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा आज बस र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाईते भएका हुन् । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ बस्ने ३९ बर्षिय प्रकास केसी र उनकी श्रीमती ३६ बर्षिय सुनिता केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ ।
हापुरेबाट तुलसीपुर आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बस र तुलसीपुरबाट हापुरे तर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको प्रहरीले बताएको छ ।











प्रतिक्रिया