घुस सहित शिक्षा अधिकारी पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले ४० हजार घुस रकमसहित साहलाई पक्राउ गरेको हो ।साहलाई अख्तियारले वीरगञ्ज(१४ चिनीमिल स्थित क्वार्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए ।