पिरिम नलाउने सोचमा वर्षा र सचिन

0
Shares

दशैंलाई लक्षित गर्दै आशिष सचिन र मेलिना राईद्वारा गाइएको पिरिम नलाउने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको गीतमा शब्द पनि उनकै रहेको छ।

दशैंको माहोल झल्किने किसिमले तयार गरिएको गीतको म्युजिक भिडियोमा गायक आशिष, सचिन र नायिका वर्षा राउतले कम्मर मर्काएका छन्। भिडियोमा दशैंमा गाउ“ फर्किएका प्रेमीप्रति प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई देखाइएको छ। आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी तथा पत्रकार सुव्रत आचार्यले निर्देशन गरेका छन् भने गम्भीर विष्टले कोरियोग्राफी गरेका छन्।

 

यसमा उत्सव दाहालको छायांकन र नवीन निरौलाको सम्पादन रहेको छ। संगीतकार दीपकले यो गीत फिल्मका लागि तयार गरे पनि गायक आशिषको लगावका कारण उनलाई दिएको बताए। गायक सचिनले गीत आप्mना लागि महŒवपूर्ण रहेको र यसका लागि निकै मेहनत गरेको बताए। ‘गीतमा डान्स र अभिनय पनि गरेको छु। यसलाई दर्शकले रुचाउनुहुनेछ भन्ने आशा छ’ –उनले भने। निर्देशक आचार्यले पछिल्लो समय आफूले निर्देशन गरेको गीत मनमगनले पाएको सफलताले चुनौती महसुस भएको र यो गीतको भिडियो पनि फिल्मी शैलीमा तयार पारेको बताए।