साउदी अरेवियामा युवराज सलमानको शक्ति विस्तार


रियाद,(एजेन्सी)
सन् २०१५ मा आफ्नो पिता अर्थात साउदी अरेवियाका नरेशको निधन हुनुअघि सम्म साउदी अरेविया बाहिका कमै मानिसहरुले राजकुमार मोहमद विन सलमानबारे सुनेका वा जानेका थिए । तर त्यसपछि ३२ वर्षिय सलमान विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने मुलुक साउदीका सबैभन्दा प्रभाबशाली व्यक्तिको रुपमा स्थापित भएक छन् ।

सन् २०१७ को जुनमा उनी आफ्नो काकाको छोरा मोमद विन नायफको स्थानमा पदोन्नोति भएर युवराज घोषित भए । साउदीको यस नयाँ राजनीतिक कदमले दशकौं सम्म राष्ट्रको दिशालाई आकार दिन सक्ने व्यापक अनुमान गरिएको छ ।

मोहमद विन सलमानको ३१ अगष्ट १९८५ मा तत्कालिन राजकुमार सलमान विन अब्दुल अजिज अल साउदकी तेश्रो पत्नी फहदाह विन्त पलाह विन सुल्तानको जेष्ठ सन्तानको रुपमा जन्म भएको हो । राजधानी रियाद स्थित किंग साउद विश्वविद्यालयबाट कानुन विषयमा स्नातक उपाधि हासिल गरेपछि उनले थुपै्र सरकारी निकायमा काम गरेका थिए ।

सन् २००९ मा उनी त्यतिवेला रियादको गवर्नरको रुपमा कार्यरत आफ्नो पिताका विशेष सल्लाहकारमा नियुक्त भए । सन् २०१३ मा युवराजको अदालतमा मन्त्री स्तरको पदमा नियुत्त भएयता सलमानको शक्ति बढ्न थालेको हो । त्यसको अघिल्लो वर्ष मात्र नायफ विन अब्दुल अजिजको निधन भएपछि उनका पिता मोहमद विन नायफ युवराज नियुक्त भएका थिए ।

सन् २०१५ को जनवरीमा नरेश अब्दुल्लाह विन अब्दुल अजिजको निधन भएपछि ७९ वर्षको उमेरमा राजकुमार सलमान विन अब्दुल अजिज अल साउद राजगद्धिमा बसे । उनले तत्कालै दुइवटा आश्चर्यजनक निर्णय गर्दै आफ्नो पुत्रलाई रक्षामन्त्री र मोहमद विन नायफलाई उप युवराज घोषित गरे । यसबाट सायदी अरेवियाका संस्थापक इब्न साउदका पहिलो नातीको रुपमा मोहमद विन नायफ राजगद्धिको उत्तराधिकारीको लाइनमा परे ।

मोहमद विन सलमानले रक्षामन्त्रीको हैसियतले गरेको पहिलो काम भनेको सन् २०१५ को मार्चमा हौथी लडाकुहरुको कारण यमनका राष्ट्रपति अब्द«ाबुब्ह निर्वासित भएपछि त्यहाँ अन्य अरव मुलुकहरुसंग मिलेर सैनिक कारवाही हो । यसरी सैनिक कारवाही थालिएको विगत साढे दुई वर्ष भित्र साउदी अरेवियाको नेतृत्वमा रहेको गठबन्धन फौजलाई मानव अधिकार उल्लंघन गरेको आरोप लाग्ने गरेको छ ।

राजकुमार मोहमद सलमान विनले देशमा आर्थिक र सामाजिक क्षेत्रमा ठूलै पविर्तन ल्याउने महत्वाकाँक्षी योजना अघि सारेका छन् । यसैको परिणाम स्वरुप साउदीमा पहिलो पटक महिलालाई पनि सवारी साधन हाँक्ने अनुमति प्रदान गरिएको छ । त्यसैगरी केहि दिन अघि मात्र साउदीको एउटा बैंकमा बैंकिंग क्षेत्रको इतिहासमै पहिलो पटक एक महिलालाई अध्यक्ष बनाइएको छ ।