बझाङ जीप दुर्घटना अपडेटः ज्यान गुमाउने र घाइतेहरुको पहिचान खुल्यो

0
Shares

बझाङ ।

बझाङमा भक्तजनहरु बोकेको जीप दुर्घटनामा परेको छ । बाग्थलाबाट बुङ्गलको बिजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

बुङ्गल नगरपालिका ५ मिणीबगरमा जीप दुर्घटना हुँदा कञ्चनपुर बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षिया विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी ५ का ५६ वर्षिय धन बहादुर बोहरा र बेदकोट न पा ५ का ६० षर्षका प्रेम बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ । यसैबीच जीप दुर्घटनामा अन्य १२ जना घाईते भएका छन् ।

अन्य घाइते हुनेहरुमा कञ्चनपुर बेदकोट नगरपालिका बस्ने ३० वर्षिय मुडु बोहरा, ३५ वर्षिय प्रेम बोहरा, १० वर्षिया कविता बोहरा, १२ वर्षिया माया बोहरा, ४३ वर्षिया लालमती बोहरा रहेका छन् । यस्तै सोही ठाउँका चन्द्र सिंह बोहरा, विरेन्द्र बोहरा, बुङ्गल ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुङ्गल ८ का धिरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप दुर्घटनामा चालक केदारस्युँ गाउँपालिका ४२ वर्षिय रण बहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन् । घाईतेहरुको उपचार नजिकै रहेको देउरा स्वास्थ्य चौकीमा भइरहेको छ । बुङ्गलमा रहेको पुजाआजा भइरहेको हुँदा उनीहरु त्यसतर्फ हिँडेको जीप दुर्घटनामा परेको बताइएको छ । दुर्घघटनाको कारण खुल्न सकेको छैन । घाईते हरूको उपचार जिल्ला अस्पतालमा हुन नसकेर जिल्ला बाहिर रिफर गरेको छ ।