महेन्द्रनगर ।
‘सुदूरपश्चिम’ प्रदेश सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । प्रदेशसभा सांसद प्रकाश रावललाई ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ मा नियुक्त गरेर मन्त्रीमण्डल विस्तार गरिएको हो । उनि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ ९क०बाट प्रदेश सभामा निर्वाचित सांसद हुन ।
राज्यमन्त्री रावलले मंगलवार नै सपथ ग्रहण पनि गरेका छन । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित एक समारोहकाविच उनले सपथ ग्रहण गरेका हुन ।

मुख्यमन्त्री त्रिलोचन भट्टबाट सपथ लिए लगतै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा पुगेर रावलले पदभार सम्हालेका थिए ।
राज्यमन्त्री थपिएको उद्योग, पर्यटन, वन तथा वातावरणमा माया भट्ट मन्त्री छन । कञ्चनपुरबाट सरकारमा प्रतिनिधित्व नभएको भन्दै रावललाई राज्यमन्त्री बनाइएको बताइएको छ ।
यो सँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल आठ सदस्यीय भएको छ।











प्रतिक्रिया