कृषी, उर्जा र सिंचाई सरकारको प्राथमिकतामा
सलिम अन्सारी, प्युठान ।
उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले कृषि सिचाई र उर्जालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । अझै पनि कतिपय ठाउमा विद्युतको पहुंचमा पुग्न नसकेको बताउँदै मन्त्री पुनले आफ्नो कार्यकालको समयावधिभित्र विद्युत विस्तार गर्ने बताए ।मन्त्री पुनले उर्जा र सिंचाईलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । मंगलबार प्युठान नगरपालिकाद्धारा आयोजित अन्तरक्रीया कार्यक्रममा प्युठानलाइ ५ वर्ष भित्र उज्यालो प्युठान बनाई छाड्ने प्रतिवद्धता जाहेर गरे ।
प्युठानका ग्रामिण भेगमा अझैपनी उज्यालो पुग्न नसकेकोले आफ्नो वांकी रहेको कार्यकालमा विद्युत विस्तार गरिछाड्ने बताए । प्युठान उज्यालो बनाउने मेरो जिम्मा भयो । मन्त्री पुनले भने मैले साथीहरुसंगको भेटमा पनि भनेको छु कि ५ बर्षभित्र विद्युतको पहुंच विस्तार गर्ने सरकारकै नीति छ। विद्युत नपुगेका स्वर्गद्धारी, प्युठान नगरपालिका, नौवहिनी , गौमुखी लगायतका केहि क्षेत्रमा अन्धकार नै रहेकाले यसलाई उर्जा शाखाले प्राथमिकतामा राखेको पुनले बनाए । उनले दोहोर्याउदै भने,‘केन्द्र सरकारकै प्राथमिकता उर्जा क्षेत्रमा छ । ’ विद्युत पुर्याउन नसकिने स्थानमा सोलार या वैकल्पिक उपाएको खोजी गरिने उनको भनाई छ।

प्रदेश ५ कृषि संगै उर्जामा अब्वल रहेको बताउँदै उनले प्युठानको झिमरुक जलासययुक्त आयोजना, माडी, लुँग्री, करिडोर तटबन्धको प्रक्रिया अगाडी बढाउन अध्ययन सुरु गरिएको उल्लेख गरे । १० किमिभन्दा साना तटबन्धका काम प्रदेश सरकारले गर्छ, उनले भने- ‘ केन्द्रले ठुला तटबन्ध मात्र हेर्ने हो ।’ केन्द्र सरकारले स्थानिय तह बनेसंगै शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्न अधिकार स्थानिय तहलाई दिएको मन्त्री पुनले जनाए ।
उनले केन्द्र सरकारले एकिकृत उर्जा तथा सिंचाई कार्यक्रम अन्र्तगत विद्युत महशुल तिर्न नसक्नेलाई सोलार पावर निशुल्क रुपमा दिएको बताए । उनले भने- ‘नेपालका सबै जनतालाई विद्युतको पहुँचमा पु¥याउन यो कार्यक्रम लिईएको हो ।’
नौमुरे जलविद्युत आयोजना केन्द्र सरकारको प्राथमिकता रहेको मन्त्री पुनले जानकारी दिए । नौमुरे विद्युत र सिंचाईको रुपमा अगाडी बढेको छ । उनले भने,‘यसलाई प्राथमिकता दिई अगाडीबढेका छौ ।’ यसलाई अगाडी बढाउनका लागि पानीको अध्ययन भईरहेको समेत बताए । नौमुरेमा लगानी गर्नका लागि निजी क्षेत्र समेत इच्छुक रहेको मन्त्री पुनले बताए ।
यसै बिच प्युठान नगरपालिकाले सरकारका उर्जा , जलश्रोत, सिंचाई मन्त्री वर्षमान पुनलाई मागपत्र पेश गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका लाईफलाईनको रुपमा रहेको भिमु्रक फाँटको नदीकटानलाई संरक्षण गर्न १५ किलोमिटर झिमु्रक नदी दाँया, बाया क्षेत्रमा नदी नियन्त्रण मेघा प्रोजेक्ट कार्यक्रम स्वीकृत गरिदिन, झिमु्रक फाँटमा अतिउत्पादनशिल जमिनमा सिंचाई सुविधा पु¥याउन राप्ती, गोर्वे, क्वाडी, खैराकोट नहर लाई बजेट छुट्टाईदिन, बजार क्षेत्रमा विद्युतीकरणको उचित व्यवस्थापन गरिदिन, नगर क्षेत्रको दुर्गम क्षेत्र जुम्रीकाडा,, माझकोट लगायतका क्षेत्रमा विद्युत विस्तार गर्न, वडा नंम्बर ८ दम्तीमा विद्युत स्टेशन निर्माण गरि सुचारु गर्ने, लुङ खोला, संगम स्थल दम्तीमा सम्भाव्यता रहेको जलासययुक्त हाईड्रोपावरको डिपिआर तयार गरि परियोजना स्वीकृत गरिदिने जस्ता ६ वटा मागपत्र प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले मन्त्री पुनलाई मागपत्र पेश गरेका हुन ।











प्रतिक्रिया