निर्मला हत्याकाण्डः नागरिक संघर्ष समितिको आन्दोलन फिर्ता

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको वास्तविक हत्यारा र प्रतिवेदन सार्वजनिकको माग गर्दै धर्नामा बसेको नागरिक संघर्ष समितिले आन्दोलन फिर्ता लिएको छ । आइतवार सरकारले उच्च स्तरिय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेसंगै समितिले आन्दोलन फिर्ता लिएको हो ।

नेपालीहरुको महान चाड दशैँ आएकाले कार्तिक ७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको नागरिक संघर्ष समितिले जनाएको छ ।

मिना भण्डारी नेतृत्वको संघर्ष समितिले उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै असोज १३ गतेदेखि महेन्द्रनगरको मदन चोकमा धर्ना शुरु गरेका थिए । मङ्गलवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृहमन्त्री रामबहादुर थापा ९बादल०लाई ज्ञापन पत्र बुझाउँदै प्रतिवेदनमा उल्लेख भएका व्यक्तिमाथि थप अनुसन्धान गर्न माग गरिएको छ ।

यसअघि संघर्ष समितिले निर्मलाको वास्तविक हत्यारा पहिचान गरि कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै महेन्द्रनगरमा प्रर्दशन पनि गरेको थियो । महेन्द्रनगरकी अगुवा हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिले पनि २१ असोजदेखि ७ कार्तिकसम्म आन्दोलन फिर्ता लिएको छ ।
भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको गत साउन ११ गते उखुवारीमा शव भेटिएको थियो । घटना भएको दुई महिना भन्दा बढि भइ सक्दा पनि हत्यारा पहिचान हुन सकेको छैन ।