बलात्कार आरोपी २ लाख धरौटीमा छुटे, तीर्न नसक्दा कारागार चलान

0
Shares

पर्वत ।
पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटमा १३ बर्षिया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा २ लाख धरौटीमा रिहा भएका छन ।
घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुस्मा नगरपालिका –२ का २० बर्षिय बिनोद नेपाली पुर्पक्षका लागि २ लाख रुपैया धरौटीमा छुटेका हुन ।
पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको एकल इजलासले मंगलबार नेपालीलाई २ लाख धरौटीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको छ । अभियुक्त नेपाली दुई लाख बुझाउन नसकेपछि पर्वत जिल्ला कारागारमा थुनामा छन । अदालत बुधबार देखि बिदा हुने भएकाले धरौटीमा छाड्ने आदेश भएपनि अभियुक्त नेपालीले दशैं बिदामा पनि कारागार बस्नुपर्ने भएको छ ।

नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ बर्षिया बालिका घरको वारदलीमा सुतिरहेको अवस्थामा घरको भित्ता र खम्वा हुदै वारदलीमा चढेर मुख थुनी जवरजस्ती यौन कृयाकलाप गर्न खोजेको अभियोगमा असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो । अभियुक्त नेपालीले दाजु भनेर जाँदा बैनी रहेको र उनी चिच्च्याएप िबलात्कार प्रयास गरेको अभियोग लागेको बयान दिएका थिए ।