पोखरीमा डुबेर बालकको मृत्यु

0
Shares

लहान ।
पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस